+
+

बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १३:१४

५ साउन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको मुद्दामा गत चैत १ गते उच्च अदालत पाटनले दोषी ठहर गरी तीन दिन कैद र १४ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?