+
+

सांसदको ब्यंग्य : मन्त्री बन्न टन्न पैसा हुनुपर्ने शर्त राखौं

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १६:४८

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले मन्त्री बन्न योग्यता तोक्ने प्रस्ताव राखेका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अहिलेको सत्तारुढ गठबन्धनलाई मन्त्री छान्न सकस भइरहेको भन्दै मन्त्री बन्नका लागि योग्यता तोक्नुपर्ने भनी ब्यंग्य गरे ।

उनले मन्त्री बन्नका लागि केही शर्त तोक्न आग्रह गरे :

१. पार्टीको स्थायी कमिटी सदस्य हुनुपर्ने
२. टन्न पैसा हुनुपर्ने
३. यसअघि कम्तीमा दुई पटक मन्त्री भएको हुनुपर्ने
४. धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने
५. पार्टी नेतृत्वलाई घुर्की, धम्की धाक दिन सक्ने
६. गुटमा आवद्ध भएको हुनुपर्ने
७. भरसक पति, पति नभए पत्नी हुनुपर्ने
८. नेतृत्व वरिपरि घुम्ने र खुशी बनाउन सक्ने खुबी भएको
९. भ्रष्टाचार र कमिसनको दुलाहरु थाहा पाएको
१०. यो सबै थाहा पाएको माननीयलाई मन्त्री
११. संसदमा आइराख्नुनपर्ने, यसो झल्याक झुलुक गरे हुने

सांसद महतले यस्तो मापदण्ड बनाएमा नेताहरुलाई मन्त्री छान्न सजिलो हुने टिप्पणी गरे ।

‘प्रत्यक्ष सांसद हटाऔं’

सांसद महतले प्रतिनिधिसभाका २७५ सांसदमध्ये २७४ जना रमिते भएको र एक जनाले संविधान बारम्बार मिचेको टिप्पणी गरे । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेको घटनातर्फ इगित गर्दै उनले भने ‘हामी आफैंले बनाएको संविधानलाई हामी सबैले हिर्काइरहेका छौं, १ जनाले हिर्काइराख्ने, २७४ जना रमिते भइराख्यौं ।’

सांसद महतले आफ्नो संस्था प्रतिनिधिसभा बचाउन नसक्दा रुँदै रुँदै अदालत गुहार्न जानुपरेको पनि बताए । सांसद महतले सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम ल्याउँदा संविधान संशोधनको प्रस्ताव पनि ल्याउन सुझाव दिए ।

‘प्रत्यक्ष माननीय आवश्यक छैन, समानुपातिक भए पुग्छ’ उनले भने, ‘हेरिरहने माननीय किन चाहियो ? सबै हटाउनुपर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?