+
+

गण्डकीमा कांग्रेस प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवत

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते २०:४९

२८ साउन, पोखरा । गण्डकी प्रदेश सभाको सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक फेरेको छ । यसअघि सचेतक रहेकी नवलपुरकी ओमकला गौतम प्रमुख सचेतकमा चयन भएकी छन् भने सचेतक स्याङ्जाका भागवतप्रकाश मल्ल बनेका छन् ।

मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रमुख सचेतक मणिभद्र शर्मा पर्यटन मन्त्री भएपछि उनको ठाउँमा गौतमलाई जिम्मेवारी तोकेका हुन् । गौतम सचेतक बनेपछि उनको ठाउँमा मल्ललाई ल्याएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् । यी दुबै जना मन्त्रीका आकांक्षी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?