
६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको बैठक चलिरहेको समय तय गरिएको अमेरिका र फ्रान्ससहितका युरोपेली मुलुकका विदेशमन्त्रीबीचको बैठक रद्द भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यो बैठकमा फ्रान्स र अमेरिकी विदेशमन्त्रीको भेट हुन सक्ने भएकाले महत्वपूर्ण मानिएको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार बैठकको तालिकाको विषयमा देखिएको केही विवादको कारण यो बहुपक्षीय बैठक रद्द गरिएको हो । गत साता अमेरिका र फ्रान्सको सम्बन्ध तनावपूर्ण देखिएको थियो ।
अष्ट्रेलिया, अमेरिका र बेलायतबीच भएको रक्षा सम्झौता अकसको विषयमा फ्रान्सले असन्तुष्टि जनाएको हो । यो सम्झौताको कारण अष्ट्रेलियाले फ्रान्ससँगको परम्परागत पनडुब्बीको सम्झौता रद्द गरेको थियो । यसै विषयलाई लिएर फ्रान्सले आपत्ति जनाएको थियो । विवाद बढ्दै गएसँगै फ्रान्सले आफ्ना राजदूत पनि फिर्ता बोलाएको थियो ।
फ्रान्सका विदेशमन्त्री ले ड्रियनले अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पक्ष प्रशासनजस्तै एकपक्षीय, क्रुर, अनुदार र आफ्ना साथीको सम्मान नगर्ने किसिमको व्यवहार देखाइरहेको आरोप लगाएका छन्।
अकस सम्झौताबारे जर्मनीले पनि अमेरिकाको आलोचना गरेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4