+
+

खत्रीले मर्मत गरिदिए तम्घास बजारको सडक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ११:४४

२२ असोज, गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले आफ्नै लगानीमा सदरमुकाम तम्घासको सडक मर्मत गरिदिएका छन् ।

निर्माण व्यवसायी चुरा बहादुर खत्रीले व्यक्तिगत लगानीमा तम्घासको पुतली बजारको सडक मर्मत गरिदिएका हुन् ।

सडकमा खाल्डाखुल्डी परेर दुर्घटनाको जोखिम बढेकाले आफूले सक्दो मर्मत गरेको निर्माण व्यवसायी खत्रीले बताए ।

खाल्डाखुल्डी परेको क्षेत्रमा कालोपत्रे गरेर मर्मत गरिएपछि बजारवासी खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?