
१५ कात्तिक, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २ हजार ८ सय १९ दशमलव ८६ अंकमा झरेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८८ अंकले घटेको छ । कारोबार पनि आइतबार भन्दा धेरै हुन सकेन ।
दिनभर भएका ८० हजार ३ सय ५१ कारोबारबाट २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच भएका छन् ।
कारोबार रकम ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँमा रोकिएको छ । सोमबार समग्रमा बजार घटेपनि बैंक, होटल तथा पर्यटन र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4