
काठमाडौं । ‘एसयूभी स्पेसियालिस्ट’ जिपको अद्वितीय उत्पादन हो, जिप र्यांगलर । ‘क्लासिक लुक’ र ‘लेजेन्डरी क्यापाबिलिटी’का कारण र्यांगलर विश्वभर लोकप्रिय छ ।
र्यांगलर संसारमै सबैभन्दा बढी चिनिएको एसयूभी गाडी हो । यसको स्वरुप अमेरिकाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको ‘विलिस एमबी’बाट प्रभावित छ । अहिले अफरोडमा गुड्ने र धेरै ग्राउन्ड क्लेरेन्स भएका जुनसुकै ब्रान्डका एसयूभीलाई पनि ‘जिप’ नै भन्ने गरिन्छ । यसबाट जिप ब्रान्ड कति धेरै लोकप्रिय छ भन्ने देखाउँछ ।
यो गाडीप्रतिको ‘लोयालिटी’ र ‘फ्यान बेस’ नेपाललगायत विश्वभर बढिरहेको छ । एक महिनाअघि सार्वजनिक भएयता नेपालमा डेढ दर्जन यो गाडी बिक्री भइसकेको तथ्यले पनि यसलाई उजागर गर्ने कम्पनीको दावी छ ।
यो गाडीको पहिलो पुस्ता सन् १९८७ मा उत्पादन भएको थियो । यसको लोकप्रियताले गर्दा जिपले र्यांगलरको उत्पादनलाई अझै पनि कायमै राखेको छ । वास्तवमा र्यांगलर धनी हुनु समाजमा प्रतिष्ठाको विषय हो । किनभने र्यांगलर किन्नु भनेको गर्विलो ‘जिप लाइफ’मा प्रवेश गर्नु हो ।
र्यांगलरमाथि आरामदायी नभएको आरोप लागे पनि यसको बिक्री तीव्र रुपमा अकासिरहेको तथ्यांकले देखाउँछ । त्यसमाथि जिपले हाइब्रिड र्यांगलर बजारमा ल्याउने तयारी गरिरहेको अवस्थामा यसको लोकप्रियता विद्युतीय सवारीप्रेमीमाझ पनि बढ्ने निश्चित छ । र्यांगलर अब ‘फोर बाई फोर’मा मात्र होइन ‘फोर बाई ई’ पनि उपलब्ध हुनेछ । जिप र्यांगलरको लोकप्रियता किन यति धेरै बढिरहेको छ त ?
अद्वितीय अफरोड क्षमता
जब र्यांगलरको कुरा हुन्छ, तब जस्तोसुकै सतह वा भूबनोटमा सजिलैसँग गुड्न सक्ने अद्वितीय क्षमताबाट शुरु हुन्छ । एक कुशल चालकको हातमा र्यांगलरले त्यस्ता पहाड पनि सजिलै पार लगाउनेछ, जसलाई अन्य ब्रान्ड चलाउने चालकले आँट्दैनन । जिप र्यांगलरमा लेजेन्डरी फोर ह्विल ड्राइभ छ र उच्च ग्राउन्ड क्लेरेन्स उच्च छ । यसको ह्विल बेस छोटो छ, फ्रन्ट पनि छोटै छ । यो जब्बर र सजिलैसँग ‘मोडिफाई’ गर्न सकिन्छ ।
अनरोड ड्राइभिङका लागि पनि र्यांगलरमा थुप्रै सुधार गरिएको छ । कठोर इन्जिन, बलियो फ्रन्ट र रियर एक्सल, सस्पेन्सन र फोर ह्विल ड्राइभका कारण जिपको ट्यागलाइन झैं र्यांगलर ‘गो एनीह्वेयर, डु एनिथिङ’ भेहिकल हो ।
बेजोड स्टाइल
जिप र्यांगलरको डिजाइन ‘आइकनिक’ छ । पछिल्ला पुस्ताको र्यांगलरमा पनि जिपको ‘रगेडनेस’लाई कायमै राखिएको छ । जिप र्यांगलर केही सीमित भेहिकलमध्ये पर्छ लुक्स ठूल्ठूला टायर, यस्तो स्टाइल जिप र्यांगलर बाहेक अरु कुनै गाडीमा छैन ।
सैन्य इतिहासबाट आएको र्यांगलरमा विलिस एमबीको ‘डिएनए’ कायमै छ । विलिस एमबी निर्माण भएको आठ दशक भइकेको छ । तर अझै पनि जिपमा गोला हेडलाइटको बीचमा सात वटा ग्रिल देखिन्छ । जिप भन्ने बित्तिकै मानिसहरु फोल्ड गर्न मिल्ने विन्डशिल्ड, निकाल्न मिल्ने डोर, पछाडि झुन्ड्याइएको स्पेयर टायर, कन्भर्टिबल टप आदि कल्पना गरिसक्छन् ।
अहिलेको जिप आरामदायी फिचरले भरिपूर्ण छ । पावर विन्डो, डोर लक, एयर कन्डिसनिङ, कार्पेटिङ, हिटेड लेदर आदि सुविधा पाइन्छ । अहिले जिप र्यांगलरका पारखीहरु अफरोडमा मात्र होइन अनरोडमा पनि गर्वका साथ चलाइरहेको भेटिन्छन् ।
मोडिफाइङमा विकल्पै विकल्प
जिप र्यांगलरको इन्टेरियर र एक्टेरियर अपग्रेड गर्न चाहेमा थुप्रै विकल्प छन् । हार्ड–टप वा सफ्ट–टप रुफ छान्न सक्ने विकल्प छन् । हाफ–मेटल रिमुभेबल वा फुल–फ्रेम मेटल डोर लगाउन सकिन्छ ।
र्यांगलर बिक्रेताका लागि जिपसँग अनगिन्ती विकल्प छन् । जस्तै रक रेल, विन्च, बम्पर, डिफेरेन्सियल गार्ड आदि । यो सबैले जिपलाई बजारमा उपलब्ध गाडीमध्ये सबैभन्दा बढी ‘कस्टमाइजेबल’ एसयूभी बनाएको छ ।
अमेरिकी इतिहाससँग जोडिएको सम्बन्ध
जिप र्यांगलरको ‘अपिल’ किन पनि छ भने यसको जन्म अमेरिकामा भएको हो । र, दोस्रो विश्वयुद्धमा प्रयोग गर्न अमेरिकी सेनाले यो विशेषखाले सवारी निर्माण गर्न आह्वान गरेको थियो ।
सन् १९४० को दशकमा अमेरिकी सेनाले अमेरिकन बान्टमको जिपको डिजाइनलाई मन पराए पनि उसको मागलाई पूर्ति गर्ने क्षमता बान्टमसँग थिएन । त्यसैले, यसको जिम्मा पायो विलिस ओभरल्यान्डले । विलिसले नै जिपको पहिलो गाडी विलिस एमबी बनाएको थियो, जसलाई अमेरिकी गठबन्धन सेनाले युद्धमा भरपुर उपयोग गरेको थियो ।
युद्धमा हतियार ओसार्नेदेखि लिएर सैन्य जवान र घाइतेलाई सार्न पनि जिपले भूमिका खेलेको थियो । दोस्रो विश्वयुद्ध सकिएपछि अमेरिकी सरकारले बढी भएका जिपको लिलामी गर्यो । युद्ध लडेका धेरै सैनिकले यी गाडी किने । किनभने यो सस्तो र भरपर्दाे थियो । जिपप्रतिको त्यो विश्वासलाई र्यांगलरले आजको दिनसम्म पनि कायम राखेको छ ।
निकै थोरै गाडीसँग मात्र आफ्नो पुर्खासँग ‘डाइरेक्ट लाइन’ र विरासत हुन्छ । सामान्य कारप्रेमी पनि पनि जिप र्यांगलरको क्षमता र डिजाइनबाट परिचित छन् ।
प्रतिक्रिया 4