
२५ कात्तिक, काठमाडौं । राजीनामाका लागि चौतर्फी दबावमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् । श्रेष्ठले भने एक्लै नभेट्ने बताएका छन् ।
बिहीबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिने क्रममा तनाव उत्पन्न भएको थियो । सुरक्षाकर्मीहरुले कानुन व्यवसायीहरुलाई रोक्न खोजेका थिए, तर सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नारा लगाएका छन् ।
लगतै प्रधानन्यायाधीश जबराले बार अध्यक्ष श्रेष्ठलाई भेटका लागि खबर गरेका थिए ।
धर्नामा रहेका श्रेष्ठले भने एक्लै नजाने भनेर बारका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4