+
+

पोखरा-काठमाडौं सडक यात्रा अवधि समय दुई घण्टामा झरिनेछ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १६:४०

२६ कात्तिक, पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा-काठमाडौं सडक यात्रालाई दुई घण्डामा छोट्याउने सरकारको योजना रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले कास्कीको पोखरामा शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सो प्रयोजनका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिए ।

‘पोखरा-काठमाडौंलाई २ घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ,’ उनले भने, ‘सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ ।’ उनले पोखरा-काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर यात्रा छोट्याउने योजना रहेको उल्लेख गरे ।

सरकारले सडकको नक्शांकन गर्ने कार्यक्रम ल्याएको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय स्तरका सडक बनाउन कै लागि नक्शांकनको योजना आएको बताए । उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको मातहतका सडकको नक्शांकन शुरु भएको हो । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने गरी कामलाई तीव्रता दिएको समेत जानकारी गराए ।

उनले पोखरामा चक्रपथ निर्माणमा समेत सरकार सकारात्मक रहेको बताए । मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने कुरा गर्दा कतिपयलाई चित्त नबुझेको भन्दै उनले स्वदेशमा विद्युत खपत गर्ने उद्योग स्थापना गर्ने गरी नीति ल्याइएको बताए ।

रेमिट्यान्सलाई औपचारिक च्यानलमा आउने अवस्था बनाई हुण्डीमार्फत हुने कारोबारलाई निरुत्साहित गरिने उनको भनाई छ । कृषिलगायत क्षेत्रमा प्रवाह भएको सहुलियत ऋण दुरुपयोग नहोस भनी छलफल शुरु गरिएको अर्थमन्त्री शर्माले जानकारी गराए । गैरआवासीय नेपालीले नेपालको बैंकमा पंैसा राख्न पाउने गरी नीति बनाउन लागिएको समेत उनले जानकारी दिए ।

निजी क्षेत्र नबाँचे सरकार पनि राम्रोसँग चल्न नसक्ने भन्दै उनले उद्योग, व्यापार, व्यवसाय राम्रोसँग नचल्दा राजश्वसमेत प्रभावित हुने उनको भनाइ छ । पुँजीगत खर्च बढाउन बिकासे मन्त्रालयका अधिकारीसँग छलफल गरिरहेको भन्दै अर्थमन्त्रीले आगामी दिनमा अपेक्षा अनुसार खर्च बढ्ने बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीले कोभिड-१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्नेगरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ्ग क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको व्याजदर घटाउपनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्ने लगायत माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?