
६ मंसिर, बुटवल। बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ ।
सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका ७३ वर्षीय बस्यालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
लडेर बेहोस भएका बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले मृत घोषणा गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
उनी लामो समयदेखि उच्च रक्तचाप,मधुमेह लगायतका रोगका विरामी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4