
१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयको सेरोफेरोमा केन्द्रीत रहेको पुस्तक ढकालले बजारमा ल्याएका हुन् ।
यसअघि उनका पुँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम लगायतका पुस्तक सार्वजनिक भइसकेका छन् । पत्रपत्रिका तथा अनलाइनहरुमा नियमित अर्थराजनीतिक विषयमा लेख लेखिरहने ढकालले ल्याएको पछिल्लो समाजवाद र नेपाल पुस्तकमा हिजो कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेका सरकार र तीनले चलाएका सत्तालाई अर्थराजनीतिक कोणबाट विश्लेषण गरिएको छ ।
ढकालले यसमा कम्युनिष्ट देशका सरकारले कसरी आर्थिक ब्यबस्थापन गरेका थिए थियो भन्ने बारेमा तत्कालीन सोभियत संघ, चीन, क्युवा, उत्तर कोरिया तथा भियतनामको प्रयोग पुस्तकमा विश्लेषणात्मक प्रक्षेपण गरेका छन् ।
लेखक ढकालले अघिल्लो पुस्तकमा विश्वका पूँजीवादी तथा समाजवादी देशहरुले अवलम्बन गरेको अर्थराजनीति र नेपालको तुलनात्मक अध्ययन गरी प्रस्तुत गरेका छन् । अर्थराजनीतिका विद्यार्थीहरुका लागि संग्रहणीय ठानिएको ढकालको दुवै पुस्तक जागरण मिडियाले प्रकाशन गरेको हो ।
प्रतिक्रिया 4