
२२ पुस, काठमाडौं । नेपाल आयल निगमले आफ्नै लगानीमा निर्माण गरेको देशकै सबैभन्दा ठूलो पेट्रोल पम्प सञ्चालनमा आएको छ । नेपालगञ्जको मुख्य राजमार्ग छेउको ११ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको पम्पको बुधबार निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्घाटन गरे ।
एक लाख ७ हजार लिटर क्षमताको उक्त पम्पमा ७५ हजार लिटर क्षमताको डिजेल र ३२ हजार लिटर क्षमताको पेट्रोल ट्यांक रहेको निगमले जनाएको छ । जसमा २५/२५ हजार लिटर क्षमताका तीन वटा डिजेल र १६/१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक रहेको निगमका कार्यकारी निर्देशक पौडेलले बताए । पम्पमा कति तेल बाँकी छ भन्ने सूचना कम्युटरबाटै थाहा हुने लगायतको अत्याधुनिक सुविधा पम्पमा उपलब्ध छ ।
पेट्रोल तथा डिजेल बिक्रीका लागि पम्पमा ३ वटा डिस्पेन्सिङ मेसिन छन्, जसमा २ वटा डिजेल र ३ वटा पेट्रोल भर्नकालागि उपलब्ध हुनेछन् । राजमार्गमा तेल भर्नका लागि छिटो तेल धेरै गाडीहरुमा समेत छिटै तेल भर्न सकिन्छ ।
यो पम्पलाई निगमले नमूना पम्पको रुपमा आफ्नै स्वामित्वमा सञ्चालनमा ल्याएको जनाएको छ । निगमले यसअघि भैरहवामा पनि नमूना पम्प सञ्चालनमा ल्याएको थियो ।
प्रतिक्रिया 4