
२४ माघ, मकवानपुर । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिघा १० कठ्ठामा अवैध रुपमा लगाएको लागूऔषध गाँजा प्रहरीले नष्ट गरेको छ । साथै २१ बिघामा लगाएको अवैध लागूऔषध अफिम खेती गत शुक्रबारदेखि आइतबारसम्ममा प्रहरीले नष्ट गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले अवैध रुपमा लगाइएका उक्त खेती फडानी गरी नष्ट गरेको हो । साथै २०० किलो बराबरको सुकाइराखेको लागूऔषध गाँजासमेत नष्ट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4