+

एनआरटी र हिमालयन शेर्पाले अंक बाँडे

२०७८ फागुन  १ गते १६:१९ २०७८ फागुन १ गते १६:१९
एनआरटी र हिमालयन शेर्पाले अंक बाँडे

१ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी र हिमालयन शेर्पा क्लबले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गाेलका लागि राम्रा अवसर सिर्जना नै गर्न सकेनन् । बराबरीले दुवै टाेलीकाे स्थान अंक तालिकामा यथावत नै रह्याे ।

बराबरीपछि एनआरटीले १० खेलबाट १४ अंक जोडेर सातौं स्थानमा छ । संकटाको पनि १४ अंक नै भए पनि एनआरटी गाेल अन्तरमा पछाडि छ । हिमालयन शेर्पा भने १० खेलबाट १२ अंक जोड्दै आठौं स्थानमा छ ।

खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय