+

ललितपुर–चन्द्रागिरि सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

२०८१ जेठ  २ गते १७:२८ २०८१ जेठ २ गते १७:२८
ललितपुर–चन्द्रागिरि सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

२ जेठ, काठमाडौं । नेपाल मोटर स्पोर्टस् एण्ड रोड सेफ्टी फेडेरेसन (एनएफआरएफ)ले विश्व पर्यावरण दिवसको अवसर पारेर ललितपुर–चन्द्रागिरि सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

र्‍याली ललितपुरको जावलाखेल मैदानबाट सुरु हुनेछ । ललितपुरको विभिन्न पुरातात्विक सम्पदा स्थल, स्वयम्भू स्तुपा र कीर्तिपुर सहरको पुरातत्विक सम्पदामा घुम्दै मातातीर्थमा पुगेर समापन हुनेछ ।

यस कार्यक्रममा समय–गति–दूरी (टीएसडी) र्‍याली र अटोक्रस गरी दुई रोमाञ्चक खण्ड हुनेछ । टीएसडी र्‍यालीमा चालकहरूले तोकिएको गति, चालमा गाडी चलाउनुपर्नेछ । टीएसडीको आधारमा चालकहरूले प्रतिस्पर्धा गर्नेछन् ।

सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिने छ । सबै गाडी जीपीएस मेसिनले ट्रयाकिङ गरिने छ । अटोक्रोस खण्ड मातातीर्थमा हुनेछ । अटोक्रसमा भाग लिने गाडीहरूको श्रेणी १०००–१६०० सीसी हुनेछ । यस प्रतियोगितामा अधिकतम २५ गाडी रहने छन् । प्रत्येकमा चालक र एक नेभिगेटर हुनेछन् ।

एनएफआरएफका अध्यक्ष दीपक आचार्यले एनएफआरएफले गर्ने यस प्रतियोगिताले खेलका साथ साथै ललितपुर र चन्द्रागिरिका पुरातात्विक सम्पदामा नेपालको समृद्धपन अन्तर्रास्ट्रिय जगतमा फैलिने र पर्यावरणीय संरक्षणमा योगदान पुर्‍याउने बताए ।

एनएफआरएफका महासचिव अनिल के. बरालले मोसरोस ललितपुर–चन्द्रागिरि सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप पूर्ण रूपमा सुरक्षित खेल, सम्पदा र पर्यावरण तीन प्रकारलाई सम्बोधन कार्यक्रममको रूपमा रहेको बताए ।

चन्द्रागिरि ललितपुर सम्पदा कार र्‍याली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय