+

दीपेन्द्र टी–२० वरीयतामा शीर्ष १० मा, रोहितको घट्यो

२०८१ जेठ  २ गते १५:१२ २०८१ जेठ २ गते १५:१२
दीपेन्द्र टी–२० वरीयतामा शीर्ष १० मा, रोहितको घट्यो

२ जेठ, काठमाडौ। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् ।

टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली ९ औं र लियाम लिभिङस्टोन ८ अ औं स्थानमा छन् ।

दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् ।

टी२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।

टी–२० को बलिङको वरीयतामा सोमपाल कामी ९२ औं स्थानमा यथावत् छन् । ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत् छन् ।

रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन् । नेपाल टी २० आई वरीयतामा १७ औं स्थानमा छ ।

आईसीसी टी–२० अलराउण्डर वरीयताता दीपेन्द्र टी–२०

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय