+

लगातार तेस्रो जितसँगै एपीएफ फाइनलमा

२०८१ जेठ  २ गते १२:१५ २०८१ जेठ २ गते १२:१५
लगातार तेस्रो जितसँगै एपीएफ फाइनलमा

२ जेठ, काठमाडौं । नेपाल एपीएफ क्लबले लगातार तेस्रो जितका साथ ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप प्रतियोगितामा एक खेल अगावै फाइनलमा स्थान बनाएकोछ ।

बुधबार एपीएफले ललितपुर मेयर्स-११ लाई ८ विकेटले हराउँदै फाइनलमा तेस्रो पटक पुगेको हो ।

७२ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले ९.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान सीता रानामगरले ३८ बलमा ८ चौकासहित सर्वाधिक ५० रन बनाइन् । ममता चौधरी १६ रनमा आउट हुँदा इन्दु बर्मा र रोमा थापा एक/उक रनमा नट आउट रहिन् ।

ललितपुर मेयर्स-११ को दुवै विकेट स्पिनर कृतिका मरासिनीले लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुर मेयर्स-११ ले २० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन बनाएको थियो ।

कप्तान पूजा महतोले २४, सरस्वती जिएमले ३, ज्योत्स्निका मरासिनी २१, सरस्वती कुमारी चौधरी ९, कुसुम गोदार र किरण कुँवरले चार/चार रन बनाइन् ।

एपीएफकी रेखा रावल र सीता रानामगरले एक/एक विकेट लिइन् ।

एपीएफले अन्तिम खेल अब बिहीबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । यसअघि एपीएफले बागमती प्रदेशलाई ८ विकेट र कोशी प्रदेशलाई २४ रनले हराएको थियो । यसअघिका दुवै संस्करण एपीएफले जितेको थियो ।

सुदूरपश्चिम २ खेलमा ४ अकका साथ दोस्रो स्थानमा छ । ललितपुर-११ ले ३ खेलमा १ मा जितका साथ २ अंक जोडेर तेस्रो स्थानमा छ ।

सुरुवाती दुवै खेलमा हारेको कोशी चौथो र बागमती पुछारमा छन् ।

शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

एपीएफ ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय