
६ फागुन, धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन् ।
संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो ।
सत्यवतीका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले । ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र ५ चौकाको मद्दतमा ८० रन बनाए ।
सन्दीप खत्रीले १२ बलमै ६ छक्का र ४ चौककाको मद्दतमा अर्धसतकीय आक्रामक पारी खेले । त्यस्तै सुजन गौतमले २७ बलमा ४५ रन बनाए । गुरुकुलका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान २/२ विकेट लिए ।
२१० रनको विजयी लक्षसहित मैदान उत्रेको गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । उसका लागि सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
गुरुकुललाई सस्तैमा समेट्न सत्यवतीका युवराज खत्रीले ३, आदील अन्सारी र सुजन गौतमले समान २/२ तथा सन्दीप खत्री, नीरज भट्ट र सन्तोष कार्कीले १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सन्तोष कार्की घोषित भए।
शुक्रबारनै सम्पन्न दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलिल्याण्डसँग ५ विकेटले पराजित भयो ।टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
उसका लागि खडक बोहराले ५ चौका र ४ छक्काको मद्दतमा ५१ बलको सामना गर्दै ६९ तथा प्रज्वल थापाले ५१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहने । होलिल्याण्डका बलर जीत साउँले ३, सञ्जय बोहराले २ र अवि नारायण कोइरालाले एक विकेट लिए ।
१ सय ५८ रनको विजयी लक्ष पछ्याएको होलिल्याण्डले १७.५ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो । होलिल्याण्डका लागि दीपक टमाटाले १८ बलमा ५ चौका र ४ छक्काको आक्रामक पारी खेल्दै ४९ रन बनाए ।
कृष्ण भट्टले ४२ बलमा नट आउट ४२, गजेन्द्र बोहराले २०, अविशेक पालले १९ र राज विश्वकर्माले १० रन बनाए । बलिङ तर्फ सैनिकका खडक बोहराले २ र गौतम केसी तथा हरिस धामीले १/१ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच होलिल्याण्डका कृष्ण भट्ट भए । प्रतियोगिताअन्तर्गत भोलि शनिवार शनिबार पहिलो खेलमा बिहान ९:३० बजे काठमाण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र अत्तरियाका एभरेस्ट एकेडेमी आमनेसामने हुनेछन् ।
भोलि नै दोस्रो खेलमा दिउँसो १:३० बाट विद्याभुषण र गुरुकुल प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4