
काठमाडौं । लक्ष्मी बैंकले भक्तपुरको कमलविनायकमा आफ्नो शाखा विस्तार गरेको छ ।
शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले भक्तपुर नगरपालिका–१० स्थित कमलविनायकमा १४२औं शाखा सञ्चालनमा ल्याएको हो ।
यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।आफ्नो सेवालाई अझ सुदृढ अनि व्यापक बनाउने बैंकले जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको बैंकको भनाइ छ ।
शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोन मार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ ।
कमलविनायकमा नयाँ शाखा विस्तार भएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
प्रतिक्रिया 4