+

रुपन्देही सुपर लिगमा शंकरनगर ९ विकेटले विजयी

२०७८ फागुन  १९ गते १७:१३ २०७८ फागुन १९ गते १७:१३
रुपन्देही सुपर लिगमा शंकरनगर ९ विकेटले विजयी

१९ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘बी’को अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । जितसँगै शंकरनगर डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ६५ रनको लक्ष्य पछ्याएको शंकरनगरले ८ ओभरमा एक विकेट गुमाएर ६८ रन बनाउँदै सहज जित निकाल्यो ।शंकरनगरको जितमा विराट भण्डारीले ४१ र विशालविक्रम केसीले १२ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले १ विकेट लिए ।

म्यान अफ द म्याच शंकरनगरका जगत क्षेत्रीले एक हजार २०० रुपैयाँ प्राप्त गरे ।

टस जितेर ब्याटिङ गरेको गोलपार्कले १५ ओभरमा अलआउट हुँदै ६४ रन जोडेको थियो । गोलपार्कका युवराज सुवेदीले १० रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ शंकरनगरका जगत क्षेत्रीले ४, सिराज गैरे र विराट भण्डारीले २/२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि डिभिजन ‘ए’ का खेल सुरु हुनेछन् । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजार, उपविजेताले ४० हजार पाउनेछन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

क्रिकेट रुपन्देही सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय