
कुखुराको खोरमा फेला परेको चितुवा रातो घेराभित्र । तस्वीर सौजन्य : नेपाल प्रहरी
२५ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको छ ।
खोरमा खुट्टा अड्किएको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारको टोलीले उद्धार गरेको छ ।
सो चितुवालाई उद्धार गरेर सदर चिडियाखाना जावलाखेल पठाइएको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
गएराति करिब नौ बजेतिर चितुवा अड्किएको अनुमान छ । सो चितुवालाई करिब १२ घण्टा पछाडि आज बिहानमात्र उद्धार गरिएको छ ।
सदर चिडियाखाना लगेर चितुवाको स्वास्थ्य जाँच गरिने र जंगलमा छाड्ने/नछाड्ने बारे निर्णय लिइने वन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4