
३० फागुन, बाजुरा । जिल्ला प्रहरी कार्यालयले बलात्कार आरोपमा सजाय पाएका जगन्नाथ गाउँपालिका-५ का नवराज शाहीलाई पक्राउ गरेको छ । उनी पाँच वर्षपछि आइतबार गगन्नाथ गाउँपालिकाबाटै पक्राउ परेका हुन् ।
प्रहरी कार्यालयकाका अनुसार २०७४ साल पुस १३ गते सोही गाउँकी एकल महिलालाई बलात्कार गरी फरार रहेका थिए ।
जिल्ला अदालतको २०७६ भदौ ३ गतेको आदेशले उनलाई दुई वर्ष ६ महिना कैद फैसला गरेको थियो । उक्त फैसला अनुसारको कार्यान्वयन गर्न सोमबार जिल्ला अदालत बजुरामा पेश गरी कैद भुक्तानका लागि आजनै कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4