
२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि निर्णय नगर्न सरकारले संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको र अहिले अनावश्यक लम्ब्याइरहेको बताए ।
‘यसलाई जतिसक्दो लिंगरिङ गर्ने, जतिसक्दो ढिलो गर्ने, र पास हुन वा फेल हुन कुनै अवसर नै प्रदान नगर्ने गरी उहाँहरु अगाडि बढनुभएको छ । यस्तो बेला नेकपा एमालेले यसलाई नंग्याउने भण्डाफोर गर्ने काम नेकपा एमालेले गर्छ भनेर पार्टी अध्यक्षले भन्नुभएको छ’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने ।
सत्तारुढ दलले आफूसँग दुई तिहाइ मत छै भन्ने जान्दाजान्दै दालतलाई गिजोल्ने र गुटबन्दीको शिकार बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको पनि ओलीले बताए ।
प्रतिक्रिया 4