
तस्वीर : शंकर गिरी/अनलाइनखबर
६ चैत, काठमाडौं । माइती नेपालमा आश्रित किशोरीले मानव बेचबिखनको कथावस्तुमा आधारित फिल्म ‘गंगुबाई कठियावाडी’ हेरेका छन् । आइतबार ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टर पुगेर ४३ जना किशोरीले फिल्म हेरेका हुन् ।
शिक्षामूलक फिल्म भएकाले अध्यक्ष अनुराधा कोइरालाकै पहलमा किशोरीहरुलाई फिल्म देखाइएको माइती नेपालकी सूचना अधिकृत मधु रेग्मीले बताइन् ।
‘फिल्ममार्फत भएपनि चेतना जगाउने नै हो,’ उनले भनिन्, ‘मानव बेचबिखनको कथावस्तु भएकाले पनि अध्ययन गरेका किशोरीलाई फिल्म हेर्न ल्याएका हौं ।’
गत फेब्रुअरी २५ मा रिलिज भएको आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्मले नेपाली बक्स अफिसमा समेत राम्रो कमाइ गरेको छ । सञ्जयलीला भन्साली निर्देशित यो बायोपिक फिल्ममा आलियाले गंगुबाई नामक पात्रको भूमिका निर्वाह गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4