+
+

एनएमबि बैंकले उपलब्ध गरायो उखु किसानलाई सहुलियतपूर्ण कर्जा 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १४:३०

काठमाडौं । एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ ।

कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै मधेश प्रदेशमा हालसम्म १५६ जना उखु किसानलाई  कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको बैंकले जनाएको छ ।

बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बैंकको भनाइ छ । सुगर मिल्ससँग सहकार्य गरी किसानलाई उखुखेतीका लागि प्राविधिक सहयोगहरु पनि गर्दै आएको छ  ।

कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरुको जीवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको बैंकको भनाइ छ ।

चिनी उद्योगहरुमा उखुको माग भइरहँदा पनि कर्जा नपाउँदा किसानहरुले उत्पादन बढाउन सकेका थिएनन् । तर बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि किसानहरु लाभान्वित बनेको बैंकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?