
१२ चैत, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लुकाएर राखिएको लागूऔषध गाँजा बरामद गरेकाे छ ।
नगरपालिकाकाे वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिरदेखि २ किलोमिटर दक्षिणतर्फ कोशी नहरको झाडीमा छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएकाे सशस्त्र प्रहरी सुरक्षा बेस भारदहका प्रहरी निरीक्षक किस्मान तामाङले जानकारी दिए ।
सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको कमान्डमा खटिएको ४ जना मोबाईल गस्ती र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहबाट ३ जनाको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको उनले बताए ।
बरामद भएकाे गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय,सप्तरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4