
१३ चैत, बागलुङ । माओवादी केन्द्रका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि रामबहादुर थापा (बादलहरू) एमालेमा गएको आरोप लगाएका छन् ।
माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो’ मन्त्री पौडेलले भने, ‘पार्टीलाई धोका दिई पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।’
आगामी स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउँदै नउनले पहिले आफू मजबुत हुनपर्ने बताए । ‘आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो’ उनले भने, ‘आफ्नो पार्टी मजबुत भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।’
देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धन गरेको उनले बताए ।
माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै नेता पौडेलले पार्टीको पुनर्गठनमा लागेको बताए ।
माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगोलिकसहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्डर तयार पारेको उल्लेख गरे ।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट बिक्रम आचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया 4