
काठमाडौं । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ अन्ततः नेपालमा प्रदर्शन हुने निश्चित भएको छ ।
भारतीय वितरक एक्सेल इन्टरटेनमेन्टले अहिलेसम्मकै महँगो मूल्यमा फिल्मको नेपाल अधिकार बिक्री गरेको जनाइएको छ । ब्यांकटेस इन्टरटेनमेन्ट र ए-एट फिल्म्सले नेपाल राइट खरिद गरेका हुन् ।
‘कुनै पनि विदेशी फिल्मलाई तिरिएको यो नै अहिलेसम्मकै सर्वाधिक उच्च मूल्य हो,’ फिल्मको नेपाल राइट खरिद गरिसकेपछि वितरक मनोज राठीले अनलाइनखबरलाई भने, ‘अब वैशाख १ गते फिल्म रिलिज हुन्छ ।’
उनका अनुसार यसअघि आमिर खान अभिनित ‘ठग्स अफ हिन्दुस्तान’लाई उच्च मूल्यमा ल्याइएको थियो । यद्यपि, उनले कति मूल्यमा ‘केजीएफ च्याप्टर २’ ल्याइएको भन्ने चाहिं खुलाएनन् ।
राइट खरिद भएसँगै फिल्मको नेपाल प्रदर्शन पक्का भएको छ । यश स्टारर फिल्मको मूल निर्माण कन्नड भाषामा भएपनि यसको हिन्दी डब भर्सन नेपाल आउन लागेको हो ।
फिल्ममा यशसहित सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि सेट्टी र प्रकाश राजको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4