+

खुल्ला जुडो प्रतियोगिता शनिबारदेखि

२०७८ चैत  २४ गते १६:४४ २०७८ चैत २४ गते १६:४४
खुल्ला जुडो प्रतियोगिता शनिबारदेखि

२४ चैत, काठमाडौं । नेपाल जुडो संघका पूर्वउपाध्यक्ष अम्बिकाबहादुर क्षेत्री स्मृति खुल्ला जुडो प्रतियोगिताको नवौं संस्करण शनिबारदेखि सुरु हुने भएको छ ।

क्षेत्री परिवारको प्रयोजन तथा जुडो संघको आयोजनामा हुन लागेको यस प्रतियोगितामा जिल्ला, क्लब संस्था र विद्यालयका गरी २४ टिमका २०० खेलाडीको सहभागिता रहने छ ।

क्षेत्री अक्षयकोषको वार्षिक ब्याजबाट हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता कोभिड महामारीका कारण ३ वर्षयता हुन सकेको थिएन । प्रतियोगिताका खेल नयाँबजारस्थित जुडो हलमा हुनेछ ।

२ दिने प्रतियोगितामा पुरुषतर्फ ६० केजीमुनि, ६६, ७३, ८१, ९० केजीमुनि तथा १०० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ । महिलातर्फ ४८ केजीमुनि, ५२, ५७, ६३, ७० र ७८ केजीमुनि तथा ७८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ ।

जुडो प्रतियोगिता नेपाल जुडो संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय