
२५ चैत, काठमाडौं । काठमाडौंबाट हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पेाट अनिवार्य बोक्नु पर्ने भएको छ । नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ ।
कोरोना भाइरसको प्रभाव कम हुँदै गएपनि संसारका केही मुलुकले भने अझै पनि यात्रामा कडाइ गरिरहेका छन् । निगमका अनुसार परीक्षणका लागि यात्रुले आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ ।
रिर्पोट सोमबार ३ बजेसम्म वितरण भइसक्ने छ । टेकुबाट पिसिआर नेगेटिभ भएको प्रमाणपत्र र ल्यावले उपलब्ध गराउने व्यक्तिगत लेटर साथमा बोकेका यात्रुले मात्र यात्रा गर्न पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4