
३० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्र बैंकका गभर्नर निलम्बनमाथि प्रश्न उठाएका छन् ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले गभर्नर निलम्बन जरुरी थियो र भनेर प्रश्न गरेका हुन् ।
सरकारले शुक्रबार गभर्नर महाप्रसाद शर्मामाथि जाँचबुझ समिति बनाएको थियो, यससँगै उनी निलम्बनमा परेका छन् । तर गभर्नर शर्मामाथि गरिएको कारबाहीको चौतर्फी आलोचना भएको छ ।
कांग्रेस महामन्त्री शर्माले पार्टीको बैठकमा भनेका छन्, ‘अर्थतन्त्रमा चुनौती बढेको बेला वृहत्तर समन्वय जरुरी थियो । गभर्नर निलम्बनमै पुग्नुपर्ने गरी त्यस्तो गम्भीर र बाध्याच्मक विषय थियो र ?’ अर्थतन्त्रलाई सकारात्मक योगदान पुर्याउन सक्ने गरी पहल नगरेको समेत उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4