
२ जेठ, सालखुम्बु । प्रमुख तीन दलको चर्को प्रतिस्पर्धा रहेको सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।
आइतबार मध्यरातमा सकिएको मतगणनामा कांग्रेसले पालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जीत हात पारेको छ । गाउँपालिका प्रमुखमा खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित भए । एमालेका प्रकाश कार्कीले १५२० मत ल्याउँदा माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित राई २०७४ मा एमालेका वीरबहादुर राईसँग पराजित भएका थिए ।
उपाध्यक्षमा पनि कांग्रेसकी अञ्जु नाछिरिङ राई चुनिएकी छन् । उनले १६६९ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरि राईले १६३४ मत ल्याउँदा माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4