
१३ जेठ, काठमाडौं । लेखक तथा फोटोग्राफर भरतबन्धु थापालाई गाँउ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ नेपाल)ले सद्भावना दूत बनाएको छ ।
कोभिडले थला परेको पर्यटनलाई विगतको स्थानमा पुर्याउनका लागि प्रचारप्रसार तथा प्रवर्द्धनमा सहयोग पुर्याउने हेतुले थापालाई सद्भावना दूत बनाएको भिटोफका अध्यक्ष गोपाल थापाले बताए ।
भिटोफले एक कार्यक्रमकाबीच थापालाई सद्भावना दूत नियुक्त गरेको हो । यस्तै, सल्लाहकारमा प्राडा प्रेम शर्मा, रविजग पाण्डे, अशोह सिलवाल, शिव पौडेल र दीपक दाहाल र कानुनी सल्लाहकार सरस्वती श्रेष्ठ रहेका छन् ।
थापाले प्रचारमा रहेका तथा ओझेलमा रहेका नेपालका पर्यटकीय क्षेत्रहरूलाई प्रचारप्रसार तथा प्रर्वद्धन गर्न सहयोग पुगोस भनेर वाइल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०), एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१) र तस्वीरमा नेपाल (२०२१) पुस्तक प्रकाशित भइसकेका छन् ।
विश्वमाझ नेपालका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न मद्दत पुर्याउन फोटो बैंक नेपाल डटकमसमेत संचालन गरेका छन् ।
थापा विगत डेढ दशकदेखि लेखन तथा फोटोग्राफरका रुपमा क्रियाशील छन् ।
प्रतिक्रिया 4