
१४ जेठ, काठमाडौं । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा काठमाडौंमा महान सत्सङ समारोह २०७९ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ समारोह आयोजना भएको हो ।
सत्संग समारोहमा अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व विभूजी महाराजले मानव जीवनमा अध्यात्मको के महत्व छ र जीवलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रवचन दिएका छन् ।
उनले ब्रह्माण्डलाई सम्झन गाह्रो भए पनि आफूभित्र भएको त्यो चेतनालाई सम्झनुपर्ने बताए । ‘जहाँ संसार छ, त्यहाँ संसारको बन्धन छ । तर हामी त्यो बन्धन भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ । यदि संसारमा मोह नहुने भए हामी पनि खुशी खुशी संसार छोडेर जाने थियौं’, उनले भने ।
हरेक मानिस संसारको मोहमा मस्त रहेको बताउँदै उनले धेरै मानिसले सबै दुःख कम होस भन्ने चाहने गरेको तर यसका लागि सहि प्रयास नगरेको बताए । मानिसको सबैभन्दा ठूलो समस्याको कारण मन होे भन्दै उनले महान पुरुषहरूले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिए ।
कोरोनाका करण धेरै नै दुःख पाएको तर अब त्यसलाई बिर्सिएर जीवनलाई नयाँ तरिकाबाट सुरु गर्नुपर्ने उनले बताए । सन्त महात्माले ज्ञान भक्ति र कर्मको त्रिवेणीद्वारा मानव जीवनलाई सहज सरल र आनन्ददायक बनाउनुपर्नेमा पनि उनको जोड थियो ।
सत्सङ कार्यक्रममा सङ्गम श्रुति साङ्गीतिक समूहले आफ्नो प्रस्तुती दिनुको साथै बालसभाका बालबालिकाले नृत्य, नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा तीन हजार भन्दा बढीको उपस्थिति थियो ।
प्रतिक्रिया 4