
१५ जेठ, काठमाडौं । सरकारले सेयर बजारको पूँजीगत लाभकर तथा सीमा यथावत राखेको छ ।
आर्थिक विधेयक २०७९ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीका शेयरमा लगानीकर्ताको ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको भए बिक्रीमा भएको लाभबाट ५ प्रतिशत कर लाग्छ ।
यो चालु आवकै प्रावधान हो । ३६५ दिन भन्दा कम अवधिमा सेयर बेच्दा प्राप्त लाभमा भने ७ प्रतिशतले कर लाग्ने छ । यसअघि यस्तो कर ७.५ प्रतिशत थियो ।
लगानीकर्ताले दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्नका लागि पुँजीगत लाभकर घटाउन सुझाव दिँदै आएका थिए ।
उनीहरुले अल्पकालीन लगानीकर्तालाई ६.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ४ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्न सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4