
१६ जेठ, दाङ । दाङमा कम्प्युटर व्यवसायीहरु आन्दोलित भएका छन् । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) ले जिल्लाका सूचना तथा प्रविधि क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरुलाई बाहिर राख्ने काम गरेको भन्दै उनीहरुले संघर्षका कार्यक्रमहरु अघि बढाएका हुन् ।
संर्घष समितिका संयोजक धिरज पौडेलले भने, ‘लामो समय सूचना प्रविधि क्षेत्रमा काम गरेका व्यवसायीहरुको क्यान सदस्यता पाएका छैनौं । क्यानबाट यो क्षेत्रका व्यवसायीहरुलाई बाहिर राख्ने काम भयो ।’ क्यानले कम्प्युटर व्यवसायीको हकहितका पक्षमा काम नगरेको र महोत्सव लगायतका कुनै पनि गतिविधि समेत नगरेको उनको आरोप छ ।
यसैबीच क्यानका जिल्ला कोषाध्यक्ष मदन खनाल र सदस्य शिवराज भुसालले व्यवसायीहरुको आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएका छन् । व्यवसायीको पक्षमा समर्थन जनाउँदै दुई पदाधिकारीले राजीनामा दिएर संघर्षमा समर्थन जनाएका छन् । क्यानको असोजमा हुने अधिवेशनमा कम्प्युटर व्यवासायीले आफूहरुलाई समेट्नु पर्ने माग राखेका छन् । यसका लागि केन्द्र समक्ष पत्राचार गरेका छन् ।
क्यान महासंघ दाङका जिल्ला अध्यक्ष कर्ण पुनले कम्प्युटर व्यवसायीलाई क्यानमा समेट्न प्रयास गरे पनि छलफलमा नआएको बताए । ‘क्यानको सदस्यताका लागि हामीले पटक–पटकमा छलफलमा बोलाई रहेका छौं’ उनले भने, ‘तर अहिलेसम्म उहाँहरु औपचारिक रुपमा छलफलमा आउनु भएको छैन ।’ त्यस्तै केहीको भने आवश्यक काजगात र विवरण नहुँदा केन्द्रबाटै सदस्यता दर्ता र नविकरणका समस्या भरहेको बताए ।
उनले क्यान सूचना प्रविधि तथा त्यससँग सम्बन्धीत पेशाकर्मीहरुको छाता संगठबन भएकाले आफ्नो समस्याबारे खुलेर छलफलमा आउँन आग्रह गरेका छन् ।
दाङमा करिब १ सय ५० बढी कम्प्युटर व्यवसायीहरु रहेका छन् ।
प्रतिक्रिया 4