
१९ जेठ,बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार विद्यालय, नगरपालिका मातहतका कार्यालय र स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने निर्णय गरेको छ ।
नगरपालिका र सरोकारवालाबीच बिहीबार भएको वैठकमा आइतबार कार्यालय बन्द गर्दा विद्यार्थीको पढाई प्रभावित हुने तथा सेवाग्राही र विरामी मर्कामा पर्ने भएकाले विद्यालय, कार्यालय र स्वास्थ्य संस्था बन्द नगर्ने निर्णय भएको हो । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाभित्रका सामुदायिक र सरकारी विद्यालय, नगरपालिका मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु आइतबार पनि सञ्चालन हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4