+
+

वैकल्पिक चिकित्सालाई उपेक्षा नगर्न सरोकारवालाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १४:४०

२६ जेठ, काठमाडौं । वैकल्पिक चिकित्सा पुरानो चिकित्सा पद्धति भएपनि यसको स्वतन्त्र पहिचान हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंको बौद्धमा आयोजित ‘वैकल्पिक चिकित्सा अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले वैकल्पिक चिकित्सालाई आवश्यकताअनुरुप ध्यान नदिएको गुनासो गरेका हुन् ।

उनीहरुले सरकारले वैकल्पिक चिकित्साको विधाहरुको लागि परिषद् बनाउनुपर्ने, पाठयक्रम राख्नु पर्ने र जनशक्तिका लागि राम्रो वातावरण स्वदेशमै हुनुपर्नेमा जोड दिए ।

तर, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले वैकल्पिक चिकित्सालाई सरकारले उपेक्षा नगरेको बताए । ‘वैकल्पिक चिकित्सालाई सरकारले पनि एकै रूपले हेरेको छ । सबै क्षेत्रको महत्व उस्तै हुन्छ,’ डा. पाखरेलले भने,’ हामीले वैकल्पिक चिकित्सामा पनि आवश्यकता अनुसार समान नजरबाट हेरेका छौं ।’

वैकल्पिक चिकित्साका विषय सामूहिक रुपमा अघि बढ्ने हो या छुट्टाछुटै भएर अघि बढ्ने कुरा प्रष्ट पार्न वैकल्पिक चिकित्साका विज्ञहरुलाई आग्रह गरे ।

‘वैकिल्पक भनिएका चिकत्सा पद्धती नेपालका मौलिक र पुराना पद्दति भएको तर, अध्ययन अनुसन्धान यथेस्ट नहुँदा पछि परेको चिकित्सा शिक्षा आयोगका उपाध्यक्षा प्रा.डा. श्रीकृष्ण गिरीले बताए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले एकअर्कालाई आरोप लगाउनुभन्दा पनि वैकल्पिक चिकित्सालाई नीतिगत रुपमा कसरी अघि बढ्ने भन्ने कुरामा जोड दिन पर्ने बताए ।

अब बन्ने सरकारी अस्पतालहरूमा एकिकृत सेवा संचालन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले वैकल्पिक चिकित्सा विकासको लागि सरकारले ७ वर्षे रणनीति बनाइरहेको बताए । डा. पौडेलले भने,’ सरकारले यहाँ उठेका विज्ञहरुको कुरालाई पनि मध्यनजर गरी रणनीतिमा समाबेश हुनेछन् ।

अंकुपन्चर एशोसिएसनका अध्यक्ष ईश्वर बलामीले उपचारमा प्रयोग हुँदै आएको उपकरणहरु र आफुले नै प्रयोगमा ल्याउन सक्ने जडिबुटीहरुको उपयोग गर्न नसकिरहेको बताए ।

कार्यक्रममा अकुपञ्चर, योग, प्राकृतिक चिकित्सा, होमियोप्याथी, सोवा रिग्पा, वैकल्पिक चिकित्सामा अनुसन्धान लगायतका विषयमा विज्ञहरुले प्रस्तुतीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?