+

जुनियर प्रतियोगितामा निशाले तोडिन् सिनियरको कीर्तिमान

२०७९ असार  ३० गते ७:४७ २०७९ असार ३० गते ७:४७
जुनियर प्रतियोगितामा निशाले तोडिन् सिनियरको कीर्तिमान

३० असार, काठमाडौं । लुम्बिनीकी निशा चौधरीले १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि शिलाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । निशाले मंगलबार १ सय मिटर दौडमा पनि १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनी टोलीले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान स्थापित ग¥यो । यसअघि ५४.४० सेकेन्डको कीर्तिमान तत्कालील पश्चिमाञ्चलको नाममा थियो ।

जुनियरमै अर्को कीर्तिमान छात्र लङजम्पमा लुम्बिनीका सलिम देवानले बनाए । उनले ६.८४ जम्प गर्दै २०६५ मा भुवन महतोको नाममा रहेको ६.५३ मिटरको कीर्तिमान भंग गरे । यसै स्पर्धामा दोश्रो भएका लुम्बिनीका सुदिप थारुले पनि भुवनको कीर्तिमान उछिन्ने क्रममा ६.६५ मिटरको प्रदर्शन गरेका थिए ।

निशा चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय