
फाइल तस्वीर
१ साउन, काठमाडौं । सरकारले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका लागि संकलन भएको रकम फुकुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
पहिरो पीडितका लागि भन्दै विभिन्न देशमा रहेका व्यक्ति, गैरसरकारी संस्था लगायतका निकायबाट संकलन भएको दुई करोड २४ लाख रुपैयाँ ८ वर्षदेखि रोक्का थियो ।
पहिरो पीडितका लागि विभिन्न व्यक्ति र संस्थाबाट संकलित उक्त रकम सरकारी खातामै रहे पनि पीडितलाई वितरण गरिएको थिएन ।
राहत रकम माग गर्दै पीडितहरुले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराइ रहेका थिए । २०७१ साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरिएको थियो भने १४५ जनाको ज्यान गयो गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4