
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटमार्फत कारोबार गर्न सक्ने भएको छ । नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी ग्राहकहरुले सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सकिने बैंकले जनाएको छ ।
ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो योजनाहरु सञ्चालन गर्दै जाने बताएको छ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4