
३० साउन, डोटी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको सायल गाउँपालिका-६ रौकल्ला निवासी शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद ठूला खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।
आइतबार दिदी भगवतीसँग गोठालो गएकी सीतालाई ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका-६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिए ।
आइतबार दिउँसो ठुलो पानी परेको थियो । पानी परेपछि बढेको खोला तर्ने क्रममा उनी बगेकी हुन् । अहिले अस्थायी प्रहरी पोस्ट कलेनाको टोली र स्थानीयले बेपत्ता उनको खोजी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4