+

चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

२०७९ भदौ  २ गते १२:३३ २०७९ भदौ २ गते १२:३३
चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

२ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेञ्चाइज टिम कोलकता नाइड राइडर्सले चन्द्रकान्त पण्डितलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

कोलकताले रणजी च्याम्पियन प्रशिक्षक पण्डितलाई प्रशिक्षक नियुक्त गरेको हो । घरेलु क्रिकेटमा राम्रो सफलता हासिल गरेका चन्द्रकान्त पण्डितले जुनमा मध्य प्रदेशलाई पहिलो पटक रणजी उपाधि जिताएका थिए । त्यसअघ उनले मुम्बईबाट तीन र विदर्भबाट दुई पटक रणजी जितेका छन् ।

उनले अब ब्रेण्डन म्याकुलमको स्थान लिनेछन् । ब्रेन्डन म्याकुलम इंग्ल्याण्ड टेष्ट टिमको प्रशिक्षक नियुक्त भएपछि कोलकताको मुख्य प्रशिक्षक पद खाली थियो ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रकान्त पण्डितले आफुन् लागि यो जिम्मेवारी एक सम्मान र सौभाग्यको विषय भएको बताएका छन् । ‘यो जिम्मेवारी पाउनु ठूलो सम्मान र सौभाग्य हो । मैले खेलाडी र अन्य साथीहरुबाट कोलकताको परिवारको संस्कृतिको बारेमा थाहा पाएको थिएँ,’ पण्डितले भनेका छन्, ‘म टिमको खेलाडी र सपोर्ट स्टाफको क्षमताबाट उत्साहि छु । र म सकरात्मक अपेक्षासहित यस अवसरलाई हेरिरहेको छु ।’

भारतीय राष्ट्रिय टिमका पूर्व विकेटकिपर समेत रहेका पण्डितले १९८६ देखि १९९२ सम्म भारतका लागि खेले । उनले ५ टेष्ट र ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।

चन्द्रकान्त पण्डि कोलकताको पहिलो भारतीय मुख्य प्रशिक्षक समेत हुन्छ । यसअघि अष्ट्रेलियाका जोन बुचानन, डेभ वाटमोर र ट्रेभोर बेलिस, दक्षिण अफ्रिकाका ज्याक कालिस र न्युजिल्याण्डका ब्रेण्डन म्याकुलम कोलकताको प्रशिक्षक थिए ।

कोलकता नाइट राइडर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय