+
+

बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १७:४१

काठमाडौं । सारंगीबादक हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारंगी साँझ हुने भएको छ । चार महिनादेखि बेलायतमै रहेका रसाइलीको लण्डनको अल्डरसटस्थित एम्पाएर हलमा शनिबार सारंगी साँझ हुने भएको हो ।

मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले धुन भरेका चर्चित गीत सारंगीमार्फत सुनाउनेछन् ।

रसाइलीले हालसम्म १२ हजार बढी गीतमा सारंगीको धुन भरेका छन् । उनी आफैं गायक समेत हुन् । कार्यक्रममा रसाइलीलाई गायिका विमला श्रीष र गीता पाइजा मगरले साथ दिनेछन् ।

म्याग्दीको मालिका गाउँपालिका-४ चिउरीबोट मठ्ठडाँडामा जन्मिएका रसाइलीले सारंगीको संरक्षणको उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?