+
+

प्रमुख प्रशासकीय अधिकृत कालिदासले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १७:२९

२४ भदौ, काठमाडौं । विशेष अदालतले सरकारी खाता रकम झिकेर अनियमितता गरेको आरोप लागेका लेखा अधिकृत रविनचन्द्र ढकाललाई मात्र भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतले ढकालमाथि तीनवटा सरकारी निकायको बजेटको रकम निजी खातामा राखेको ठहर गरेको हो । उनीमाथि ९ वर्षको कैद सजाय हुने फैसला भएको छ ।

कटारी नगरपालिकामा भ्रष्टाचार गरेको आरोपमा ढकाललाई ९ वर्ष कैद सजाय भएको हो । उनलाई ३ करोड ९८ लाख विगो र त्यही नै बराबरको जरिवाना रकम तिराउने आदेश समेत भएको छ । माई नगरपालिकाको अनियमिततामा उनलाई ११ महिना कैद अनि ४५ हजार विगो र त्यति नै जरिवाना तिराउने फैसला भएको छ ।

उनले माई नगरपालिकाबाट रकम निकालेर किनेको जग्गा जफत गर्ने आदेश भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको भ्रष्टाचारमा ६ महिना कैद, १४ लाख ८९ हजार विगो र त्यही नै रकम जरिवाना हुने आदेश भएको छ ।

माई नगरपालिकाको अनियमिततामा मुछिएका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकालले भने सफाइ पाएका छन् । रविनचन्द्रले ढकाललाई समेत आफूले रकम बुझाएको भन्ने बयानका आधारमा अख्तियारले कालिदासलाई समेत मुद्दा चलाएको थियो । विशेष अदालतले कालिदासलाई लागेको आरोप पुष्टि नहुने फैसला गरेको हो ।

ढकालसहित उनले रकम दिएका र जग्गा किनिदिएका व्यक्तिहरुलाई समेत अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाएको थियो । विशेष अदालतले उनीहरुका नाममा जोडेको सम्पत्ति जफत हुने ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?