+
+

बिरामी मीत भेट्न देउवा अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १३:५४

२६ भदौ, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत बिरामी मीतलाई भेटेका छन् । केही समयदेखि बिरामी रहेका मीत नरबहादुर बलायरलाई आइतबार भेट्दै प्रधानमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा छँदा अभावका पुराना दिनहरुको स्मरण गरेका थिए ।

डडेलधुराबाट काठमाडौं आएपछि देउवा डोटीका बलायरसँग एउटै कोठामा १० वर्षसम्म बसेका थिए । उनीहरुले काठमाडौं आएपछि नै मीत लगाएका हुन् । आफूलाई सम्झेर अस्पतालसम्म आएकोमा बलायरले मीत देउवालाई धन्यवाद भनेका थिए ।

देउवाका मीत नरबहादुरका भाइ वीरबहादुर बलायर कांग्रेसबाट  चुनाव जितेरका र मन्त्रीसमेत भएका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?