
काठमाडौं । विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन् । सरकारको मन्त्रिस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्य नियुक्त गरिएको हो ।
अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले जारी गरेको सूचनामा उल्लेख छ ।
भदौ ३१ गतेको मन्त्रिस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो ।
अधिकारी नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष हुन् । उनी नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष समेत छन् ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4