+
+

गायन, वाद्यवादन, नृत्य र कमेडी विधामा अनलाइन ट्यालेन्ट शो आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १७:४८

काठमाडौं । विश्वभरका प्रतिभालाई भर्चुअल माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण घोषणा भएको छ । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । एकेडेमी अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लागिएको बताए ।

यो शो नेपालको कुनै राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइएपनि टेलिभिजनको नाम भने खुलाइएको छैन् । कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकीकृत हुन सघाउने आशा निर्माताले लिएका छन् ।

प्रतिस्पर्धाका अन्तिम पाँच प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् । कार्यक्रममा अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

एसोसिएसन अमेरिका र ड्रुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?