
काठमाडौं । कुनैपनि विमानसेवा कम्पनी आफ्ना कर्मचारी तथा जहाजका चालकदलका सदस्यहरुका लागि कस्तो नियम लागू गर्दछ होला ? पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले हालै आफ्ना चालकदलका सदस्यहरुलाई यस्तो आदेश जारी गरेको छ, जुन सुन्दैमा अनौठो लाग्दछ ।
पीआइएले आफ्ना विमानका क्याबिन क्रूका लागि एक नयाँ नियम बनाएको छ जस अनुसार अब सबै कर्मचारीहरुले ठीक तरिकाले भित्री वस्त्र लगाउनु पर्नेछ ।
पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको यो नयाँ अनौठो नियम पुरुष तथा महिला दुवै कर्मचारीलाई लागू हुनेछ ।
चालकदलका सदस्यहरुलाई ठीक ढंगले भित्री वस्त्र लगाउने आदेश जारी गर्नुको कारण पनि उसले बताएको छ । उडानमा चालकदलका सदस्यहरु राम्रोसँग तयार नहुँदा गलत छवि बन्ने कम्पनीको दाबी छ । चालकदलका सदस्यले केवल ड्युटीमा हुँदामात्र होइन अफ ड्युटी हुँदा पनि यो कुरामा ध्यान राख्नुपर्नेछ ।
जनरल म्यानेजर फ्लाइट सर्भिस आमिर बसीरका तर्फबाट जारी आदेशमा चालकदल तथा अन्य कर्मचारीहरुले सही भित्री वस्त्रसँगै ठीक ढंगका सादा कपडाहरु पहिरिनु पर्नेछ । क्याबिन क्रूमा सामेल सबै पुरुष तथा महिला कर्मचारीले आफ्नो देशको संस्कृति अनुसारको कपडा लगाउनु पर्नेछ ।
पछिल्लो नियम कडाइका साथ लागू गराउनका लागि पीआइएले निगरानीका लागि सम्बद्ध अधिकारीलाई खटाएको छ । नियम तोड्ने कर्मचारीको विरुद्धमा ग्रुमिंग अफिसरको सिफारिसमा कारवाही गरिनेछ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4