
२७ असोज, हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत मोतिहारी जिल्ला बलहीका ३५ वर्षीय रमेश माझीको साथबाट साढे ३ किलो, हरिन्द्र माझीको साथबाट ४ किलो र दिलिप माझीको साथबाट ५ किलो गरि साढे १२ किलो गाँजा वरामद भएको हो ।
उनीहरूलाई मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले पक्राउ गरेको हो ।
बागमति प्रदेश ०३–००१च १३१८ नम्बरको गाडीमा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको तीनैजनालाई प्रहरीले विशेष सूचनाको आधारमा पक्रन सफल भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनीहरुलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4